दफा २८
कागजात अनुवाद गर्ने सम्बन्धी कार्यविधि
(१) कुनै कागजात अनुवाद गराउन चाहने व्यक्तिले कागजात अनुवादको लागि तोकिए बमोजिम नोटरी पब्लिक समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा नोटरी पब्लिकले त्यस्तो कागजात आधिकारीक भए नभएको यकिन गर्नु पर्नेछ ।
(३) कुनै कागजातको आधिकारिकताको सम्बन्धमा शंका लागेमा नोटरी पब्लिकले त्यस्तो कागजात आवश्यक जाँचवुझ वा परीक्षण गर्न वा त्यस्तो कागजात जारी गर्ने कार्यालय वा सो संस्थासँग सो सम्बन्धमा बुझ्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको जाँचबुझ समेतबाट त्यस्तो कागजात आधिकारिक देखिएमा नोटरी पब्लिकले त्यस्तो कागजात अनुवाद गरी सो कागजात तोकिए बमोजिम प्रमाणित गर्नु पर्नेछ ।
(५) कागजात अनुबाद गर्ने सम्बन्धी अन्य व्यबस्था तोकिए बमोजिम हुनेछ ।